मातातिर्थ औँसीमा ‘आमा’ सार्वाजनिक

मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबै आमाहरुको लागि बजारमा एउटा गित आएको छ । ‘आमा’ गीतमा गीतकार प्रकाश क्षेत्रीको रचना रहेको छ । गोबिन्द चापागाईँ र जुना श्रीसको आवाजमा रहेको गीतमा गीतकार क्षेत्रीका शब्दमा राम्जी पौडेलको लय सृजना रहेको छ । नारायण भट्टराईको निर्देशन रहेको गीतमा राजु थापा, मना चापागाईँ, मान्सी पुन लगाएतको अभिनय रहेको छ । भिडियो शिव भुर्तेलको छायांकन तथा सम्पादन रहेको छ ।