‘चट्ट पियारी’ मा विनु र विशाल (भिडियो)

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक वसन्तकै रहेको छ । गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । बिनु शाक्य र विशाल थापा फिचर्ड भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।