रामचन्द्र काफ्लेको ‘तम्राइ रुपले’ सार्वजनिक

रामचन्द्र काफ्ले र अनिता चलाउनेको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’  सार्वजनिक  भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् । भिडियोको निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर छन् । शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमा दुर्गा पौडेलको छायांकन रहेको छ ।