बल्छी धुर्वेको ‘पण्डित बा’ (भिडियो)

रमाइलो लोक गीत ‘पण्डित बा’ सार्वजनिक भएको छ । गीतमा बिनोद लामा र देवि गजमेरको आवाज रहेको छ । बिक्रम लामाको शब्द तथा  बिनोद लामाको लय सिर्जना रहेको छ  । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन । बासु बरालको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्बे र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ ।