विराजले बाघ मात्र सोच्ने कि शिकार गर्न पनि सिक्ने ?

अभिनेता विराज भट्टको सोच अहिले पनि यो छ कि, उनी फिल्मका बाघ हुन् । उनी बाघ थिए तर हुन् कि होइनन् बजारले देखाइसकेको छ ।

विराजले अभिनय गरेको जय परशुराम फिल्म नचलेपछि उनलाई बाघ सोच्ने दर्शकले पनि स्याल देख्न थालेको वुझ्नुपर्ने हो ।

जंगलमा बाघ बुढो भयो भने शिकार गर्न छोड्दैन भन्ने उखान छ । बाघ बुढो भयो भने शिकार गर्न त छाड्दैन, तर शिकार गर्ने तरिका फेर्छ ।

विराजले भने आफू बाघ नै हो भनेर सोचेर शिकार गर्ने तरिका पनि फेरेनन् । विराजले अग्नीपथ खेलेको जमाना होइन यो । यो जमानामा दयाहाङ राई, विपिन कार्कीहरु चलेका छन् । अनमोल केसी, प्रदिप खड्काहरु अब डमरु रहेनन् । बिराजले बजार वुझ्न छाडेर पुरानै ढर्राको फिल्म खेलेर आफूलाई बाघ नै सोचिरहेका छन् ।

विराजले अहिले चलिरहेका अनमोल, प्रदिप लगायतलाई डमरु सोचेर आफू बुढो नभएको उद्घोष गरेका छन् । तर, बाघले शिकार गर्न सिक्नपर्छ । विराजले पुरानै तरिकाले शिकार गरे भने बाघ बुढो होइन, उठ्न नसक्ने हुन्छ ।

बिराजले के अब साङ्लोमा शिकार गर्ने तरिका फेर्लान् ? कि बाघै संझिएर अझै बस्लान् ?