सानो कुरामै रमाउँछिन् र आँचल ?

अभिनेत्री आँचल शर्माको सानो कुरामा रमाउने बानी रहेछ । सानो सानो कुरामा रमाएर आफूमै हराउँदा जीवन खुशी हुन्छ भनेर आँचल भन्छिन् ।

आँचल शर्माको सानो सानो कुरामा रमाउने बानी देखिन्छ कि देखिदैन बाहिर । बाहिर त उनी ठूलै कुरा खोज्छिन् जस्तो देखिएको पनि हो ।

आँचल शर्मालाई सानो सानो कुरामा रमाउने बानी परेर होला, उनी आफ्नो भूमिका नै सानो खोज्छिन् क्यारे ।

आँचल अभिनित फिल्म दाल भात तरकारी चलिरहेको छ । फिल्ममा आँचलको काम हेर्न दर्शकले कम पाए । आँचलको भूमिका नै कम भएकाले उनलाई दर्शकले पेट अघाउन्जेल हेर्न नपाएका हुन् ।

आँचल आफैलाई सानो सानो कुरामा रमाउन मन लागेकाले उनले भूमिका पनि सानो गरेको हुनुपर्छ ।

जीवन सामान्य रहेको बताउने आँचल सानो कुरामा रमाउँदा रमाइलो जीवन कटाउन सक्ने सोच राख्छिन् । तर, फिल्ममा आँचलले सोचे जस्तो हुन्न । आँचलले आफ्नो क्यारेक्टरलाई पनि जमाउनपर्छ । नत्र, सानो सानो भूमिकै खोज्दा अरुले उछिन्छन् । आँचल शर्माको बानी स्पष्ट बोल्ने छ । उनको यो बानीले गाली र ताली खाएको छ ।

तर, आँचलले वास्तविक जीवनमा सानो सानो कुरामा रमाउने सोच राखेपनि फिल्ममा भने भूमिका राम्रो नै खोज्नुपर्छ । फिल्ममा पनि सानो सानो भूमिकामा रमाइयो भने गएन त करियर खेर ।