फिल्म सानो मनको ‘रानु कम्मर’ सार्वजनिक

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्म सानो मनको गीत सार्वजनिक गरिएको छ । ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा साजन सिंहको कोरियोग्राफी छ । गीतमा कल्याण सिंह र रोमन बज्रचार्यको संगीत, रोमन, सिमा राई र सुयोग गुरुङको स्वर, रोमन र रवि मल्लको शब्द समावेश छ ।

अभिनेता आयुश्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मलाई शुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्म ओपिजी फिल्म्स र एप्लस इन्टरटेन्मेन्टको ब्यानरमा योगेश गुरुङ, राजिभ श्रेष्ठ र राजेन्द्र मानन्धरको संयुक्त निर्माणमा बनेको हो । फिल्ममा आयुश्मान र शिल्पासँगै गौरी मल्ल, बिशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, सक्षम कृष्ण सुवेदी, लक्ष्मी गिरी, कृष्ण भक्त महर्जन लगायतको अभिनय छ । निर्देशक गुरुङसँगै समीर सुनुवारको पटकथा रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, सुयोग सोताङको संगीत, साजन सिंहको कोरियोग्राफी छ । फिल्म काठमाडौं, भैरहवासँगै हङकङ र मकाउमा छायांकन गरिएको थियो ।