बिष्णु माझी र बिबि गुरुङको ‘फूल जस्तै’(भिडियो)

गायक बिबि गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । गीतमा बिबि गुरुङ (बलबहादुर) र बिष्णु माझीको स्वर रहेको छ । जसमा कोरस स्वर प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाब’ कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियार रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ले गरेका हुन् । जसको रेकर्डिस्ट सुमन राना हुन् । भिडियोलाई मौसम हिमालीको निर्देशनमा श्याम घिमिरे र जुना सुन्दास लगायतको नृत्य तथा अभिनय रहेको छ । करन चैसिरको छायांकन रहेको ‘फूल जस्तैलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । ‘फुल जस्तै’को म्युजिक भिडियोमा श्रृङ्गार अनिमेश र सरिता, ड्रेस डिजाइनमा इछाराम र राजेन्द्र, सेट डिजाइन मनिक रहेका छन् ।