के छविको जीवनको सुरुवात शिल्पासँगै भएको हो त ?

निर्माताको रुपमा बाघ भनिएका छविराज ओझा सेलाएका छन् । छविलाई बाघ भनेर चिनिए पनि नयाँ बाघहरु फिल्ममा आइसके । छविले बाघको नाम बचाइराख्न अझै बलिया शिकार गर्न आवश्यक छ ।

छविराज ओझा फिल्मका बाघ मात्र होइनन्, उनी बिहेमा पनि विवादित भए । अभिनेत्री शिल्पा पोखरेलसँग उनले चौथो बिहे गरेको खबर चलेका पनि धेरै भए । छविले शिल्पासँग बिहे गरेको स्विकार गरेनन् ।

छविले फेसबुकमा हिजो लेखेको स्टाटसमा उनले शिल्पासँगै जीवन सुरु गरेको र अन्त्य पनि उनीसँग नै गर्न चाहेको लेखेका छन् ।

यसो भन्दै गर्दा के छविको जीवनको सुरुवात शिल्पा नै पहिलो हुन् । कि छविले यो भन्दा पहिलेको जीवन सबै विर्सिन खोजेका हुन् । अभिनेत्री रेखा थापा मात्र होइनन्, त्यो भन्दा पनि उनीको जीवनमा २ जना नारी आइसकेका थिए । छविले उनीहरुसँग पनि जीवनको सुरुवात गरेका हुन् ।

अब, छविलाई शिल्पासँग नै जीवनको सुरुवात गरेर अन्त्य गर्न मन लागेपछि उनले शिल्पा अघिको बैबाहिक सम्बन्धलाई विर्सनै चाहेका हुन् भनेर वुझ्दा भोनी ।