साम्राज्ञीलाई मन पर्यो किमको पहिरन

मेट गाला २०१९ मा सहभागी हुन पुगेकी किम कार्दशियनको पहिरन नेपाली फिल्मकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि खुबै मन परेछ ।

साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा किमको फोटो किन राखेकी होलिन् ? नेपालमा अभिनेत्रीले यस्तो ड्रेसअप गरेभने त्यसले आलोचना पाउँछ । मेट गालामा किमले लगाएको तस्बिरलाई त्यहाँका संचारमाध्यमले प्रशंसा गरेका छन् ।

साम्राज्ञीलाई पनि यस्तै ड्रेस लगाएर हिड्न मन लागेको हुनुपर्छ । यसैले उनी किमको फोटोबाट प्रभावित भइन् ।

अभिनेत्री साम्राज्ञीले कार्यक्रममा लाउँदा ड्रेसअपमा प्रशंसा पाएकी छैनन् । उनी आफ्नो इन्स्टाग्राममा भने यी कुरामा ध्यान दिन्छिन् ।

किम कार्दशियनको ड्रेसबाट प्रभावित भएकी साम्राज्ञीको यस्तै ड्रेस कुनै समय कार्यक्रममा पुग्दा हेर्न पाइने त होइन ? आखिर, किन साम्राज्ञीलाई किमको स्टाइलमा यति मोह लागेको होला ?