सुर्यमालाकी छोरी सुरक्षा,’आमा’ निर्माण घोषणा

पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘आमा’ को औपचारिक घोषणा भएको छ  । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो । फिल्ममा आमाको भूमिकामा सूर्यमाला खनाल देखिदै छिन भने छोरीको भूमिकामा सुरक्षा पन्तले निर्वाह गर्नेछिन् । फिल्ममा सरिता गिरीको समेत अभिनय रहने छ  । सुन्तलीबाट रजतपटमा कमव्याक गरेकी खनाल पछिल्लो समय अनमोल केसी अभिनित क्याप्टेनमा उनकै आमाको भूमिकामा देखिएकी थिइन् । फिल्मको लेखन तथा छायांकन समेत दिपेन्द्र के खनालकै रहने छ । फिल्म फागुन ९ बाट प्रदर्शनमा आउने छ ।

फिल्मको स्क्रिप्टको काम सकिएको छ भने फिल्मकै अन्य कामका लागि काठमान्डौ बाहिर २ हप्ता समय बिताएर निर्देशक खनाल हालसालै काठमाडौं फर्किएका छन् । यसअघि आमा नाममै दुई फिल्म बनिसकेका छन् । नेपालकै पहिलो फिल्म मानिने आमाको निर्देशन हिरासिंह खत्रीले गरेका थिए भने उद्धव पौडेलले निर्माण गरेको दोस्रो आमाको निर्देशन रेसराज आचार्यले गरेका थिए । यो फिल्मको पुरानो ‘आमा’ फिल्मसंग भने कुनै सम्बन्ध छैन ।

राजेश हमाल अभिनित ‘द युग देखि युगसम्म’ मार्फत फिल्म निर्देशनमा हात हालेका उनले धर्मा, चपली हाइट, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट लगायत फिल्म निर्देशन गरेका छन् । फिल्म ‘भिजिलान्ते उनले नेपालमा बनेको पहिलो पहिलो थ्रीडी फिल्म थियो ।