नेपाली संस्कृति भुलेकै हो दिपिका जी ?

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईंले हिजो बैशाख २४ गते मंगलबार बिवाह गरे । विवाहको अगिल्लो  दिन नायिका प्रसाईंले सामाजिक संजाल फेसबुकमा मेहेन्दी र बेसार लगाएको फोटो सेयर गरिन् । बिवाहको अघिल्लो दिन नेपालमा कसार बटार्ने प्रचल छ । फोटोमा उनी सुन्दरी त देखिएकी छन् । तर सोहि फोटोलाइ लिएर उनको चौथार्फी आलोचना भैरहेको छ ।

दिवाकर र दीपिका दुवै नेपाली नै हुन् । उनीहरुको बिवाह पनि हिन्दु परम्परामा रहेर नेपाली संस्कृति अनुसार नै भएको छ । तर मेहेन्दी र हल्दी भने नेपाली संस्कृति होइन ।

भारतीय प्रभावबाट नेपाली समाज अछुतो त छैन ।  तर धेरैको आइडलसमेत बन्ने कलाकारले नै नेपाली संस्कृति बिर्सिएर भारतीय संस्कृति अंगाल्नु अलिक अप्ठ्यारो देखिएको छ । यहि बिषयलाई लिएर उनको सामाजिक संजालमा बिरोध भैरहेको छ ।

हुन त डेट, बिवाह र हनिमुनको प्रचलन नै उल्ट्याएका यी जोडीको यो कदम पनि केही फरक रहेको स्पस्टिकरण आउन बाकि नै होला । खैर यी दुईलाई सफल बैवाहिक जीवनको शुभाकामना !