प्रियंकाको ‘इमिटेसन’ कहिले सम्म ?

प्रियंका कार्की बलिउड अभिनेत्री प्रियंका चोपडाबाट प्रभावित देखिन्छिन् । साना उमेरका प्रेमी, कुकुरको फेसबुक देखि यी दुइको उमेर र गायनको सोख पनि उस्तै नै छ ।  पक्कै चोपडा त कार्कीबाट प्रभावित होइन होलिन् ।

मेट गाला २०१९मा सहभागी भएकी प्रियंका चोपडाको तस्विर सामाजिक संजालमा भाइरल बन्यो ।  समर्थन आलोचना दुवै खेपिन् उनले ।  उनको निक भएसंगै नेपाली नायिका प्रियंकाले ‘अब त म पनि मेटा गालामा हेर्न तयार छु  !’भन्दै आफ्नो एक तस्विर सार्वजनिक गरिन् ।

सोही तस्विरको कारण उनी पनि ट्रोलको शिकार बनेकी छन् ।  उनको टिप्पणीमा कुन हद सम्म इमिटेसन गर्ने भनेर समेत सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् ।

प्रियंका चोपडा फिल्ममा सफल छिन् ।  उनी हलिउडसम्म पुगेर पनि अभिनयकला कै कारण चर्चामा रहिन् ।  तर नेपाली प्रियंका भने आइटम गीत हुदै केमियो रोलमा सागुरिन थालेकी छन् ।

पछ्याउनु नै छ भने अभिनय कला र फिल्म छान्ने क्षमतालाई पो पछ्याउने कि प्रियंका जी ?