के गर्दै छन् पूर्व मिस नेपाल !

- मेराेफिल्म

हिडन ट्रेजरको आयोजनामा आज बैशाख २६ गते २५ औ मिस नेपाल प्रतियोगिताको फाइनल हुदै छ । फरक बनाउने भनेर लामो समय अगाडीबाट तयारी गरीए पनि विवाद नै विवादमा मुछियो यस पटक उक्त प्रतियोगिता । आज हामी भने चर्चा गर्दै छौ पुर्व मिस नेपालको बिषयमा । सन् १९९४ देखि २०१८ सम्म आइपुग्दा मिस नेपालको ताज पहिरिएका २३ मिस नेपाल के गर्दैछन् त ? यहि जिज्ञासा मेटाउने प्रयास हाम्रो रहने छ ।

रुवी राणा
नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । बिरगन्जको प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी भइ उपाधि जितेकी उनी मेकअप आर्टिस्ट तथा फेशन डिजाइनरको रुपमा स्थापित छन् । उनी केही फिल्ममा समेत देखिएकी थिइन् ।


सुमि खड्का

१८ वर्षकै उमेरमा दोश्रो मिस नेपाल बनेकी सुमी खड्काले फिल्म सुपरस्टारमा नायक भुवन केसीसंग अभिनय गरिन् । उनी एयर होस्ट्रेसका रुपमा कार्यरत छिन् ।

पुनम घिमिरे
२३ बर्षको उमेरमा मिस नेपाल बनेकी पुनम घिमिरे नर्स हुन् । उनलाई विदेश पलायन हुने पहिलो मिस नेपालको रुपमा चिन्ने गरिन्छ । उनी हाल अमेरिकामा बसोबास गर्छिन् ।

निलिमा गुरुङ

निलिमा गुरुङ १९ बर्षको उमेरमा मिस नेपाल बनिन् । विवाह पश्चात उनी पोखरामा परिवारद्वारा संचालित व्यवसायमा ब्यस्त छिन् ।

झरना बज्राचार्य

झरना बज्राचार्य १९९७ मै मिस नेपाल भएकी हुन् । उनले दर्जनौ म्युजिक भिडियो तथा फिल्ममा काम गरेकी छन् । प्रेम तथा बिवाहका कारण विवादमा तानिने उनी हाल एक सन्तानकी आमा हुन् । उनी मलेशियामा गृहिणीको रुपमा रहेकी छन् ।


ज्योति प्रधान

ज्योति प्रधान पहिलो त्यस्ती मिस नेपाल हुन् जसले आफ्नो उपाधि सुरक्षित राख्न सकिनन् । मिस नेपालको उपाधि जितेकै बर्ष अमेरिका गएपछि आयोजकले उनको उपाधि फिर्ता लिएको थियो ।

स्वेता सिंह

स्वेता सिंहले १९ बर्षको उमेरमा उपाधि जितिन् । तर उनलाई धाधलीको आरोप लाग्यो । पर्सनालिटि डेभलपमेन्टको क्षेत्रमा कामगर्ने उनले बिगतका मिस नेपाल प्रतियोगितामा प्रशिक्षकका रुपमा काम गरि सकेकी छन् ।


उषा खड्गी

२० बर्षको उमेरमा मिस नेपाल बनेकी उषा खड्गी २०००को बिजेता हुन् । उनी सफल फेशन डिजाइनर हुन् । उनी आफ्नो बुटिक संचालन गरेर बसेकी छ ।

माल्भिका सुब्बा

सन् २००२ मिस नेपाल माल्भिका सुब्बा हाल टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा परिचित छिन् । उनले मोडलिंग, फेसन शो लगायत विभिन्न क्षेत्रमा काम गरेकी छन् । उनका एक छोरा छन् ।

प्रीति सिटौला

प्रीति सिटौलाले २२ बर्षको उमेरमा उपाधि जितेकी हुन् । केहि समय अध्ययनका लागि अमेरिका गए पनि हाल उनी परिवारका साथ काठमाण्डौमा आफ्नै व्यवसायमा ब्यस्त छिन् ।

पायल शाक्य

पायल शाक्य १८ वर्षको उमेरमा २००४ मा मिस नेपाल जित्न सफल उनि विदेश पलायन हुने अर्की मिस नेपाल हुन् ।

सुगारिका केसी

सन् २००५ मा मिस नेपाल सुगारिका केसी मिस नेपाल बनिन् । हाल उनी रेडियो जकीका साथै व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षकका रुपमा ब्यस्त छिन् ।

सिताष्मा चन्द

२३ बर्षको उमेरमा सन् २००६ मा मिस नेपाल बनिन् सिताष्मा चन्द । हाल उनी अस्ट्रेलियाली श्रीमान र छोराको साथ दुबईमा रहदै आएकी छन् ।


जेनिशा मोक्तान

जेनिशा मोक्तान २० वर्षको उमेरमा मिस नेपाल बनिन् । २००९ मा मिस नेपाल बनेकी उनी युवा व्यवशायी डिकेश मलहोत्रासंग बिवाह गरि एक छोरीकी आमा बनेकी छन् ।

सदिक्षा श्रेष्ठ

सादिक्षा श्रेष्ठ १९ बर्षको उमेरमा मिस नेपाल बनेकी हुन् । हाल सम्म उनी अविवाहित छन् । मिडिया पर्सनालिटीको छवी बनाएकी उनी कार्यक्रम उद्घोषिकाको रुपमा देखिन्छिन भने उनलाई बिज्ञापनहरुमा समेत देख्न पाइन्छ ।

मलिना जोशी

मलिना जोशी २३ बर्षको उमेरमा मिस नेपालको उपाधि जित्न सफल भइन् । उनलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । फिल्ममा समेत अभिनय गरेकी उनका फिल्म भने सफल हुन सकेका छैनन् ।

श्रिस्टि श्रेष्ठ

२३ बर्षको उमेरमा मिस नेपाल बनेकी श्रीस्टि श्रेष्ठ फिल्ममा काम गरिएरहेकी छन् । फिल्म पोइ पर्यो कालेमा उनी हालै अनुबन्धित भएकी छन् । उनी फिल्मका साथै प्रेमका कारण पनि चर्चामा छिन् । कलाकार सौगात मल्ल उनका प्रेमी हुन् ।

इशानी श्रेष्ठ

इशानी श्रेष्ठले २१ वर्षाको उमेरमा मिस नेपाल जितेकी हुन् । पेशाले उनी दन्तरोग विशेषज्ञ हुन् । उनी हाल अमेरिकामा कार्यरत छिन् ।

सुबिन लिम्बु

सुबिन लिम्बु २३ बर्षमा मिस नेपाल बनिन् । उनी ग्लोबल गोर्खा नेपाल परिसदको नेपाल च्याप्टर प्रमुख छिन् ।

इभाना मानन्धर

२३ बर्षमा इभाना मानन्धर सन् २०१५ मा मिस नेपाल बनिन् । उनी ग्ल्यामर क्षेत्रमा खासै जम्न सकिनन् ।

अश्मी श्रेष्ठ

मिस नेपाल २०१६ आश्मी श्रेष्ठले अझै पनि ग्ल्यामर फिल्ड रोज्ने नरोज्ने निर्णय गर्न सकेकी छैनन् । तर उनी सार्वजनिक समारोहमा भने देखिई रहन्छीन् ।

निकिता चन्दक

मिस नेपाल वर्ल्ड २०१७ का रुपमा परिचित निकिता चन्दक हाल सालै फिल्म ‘साग्लो’ मा अनुबन्धित भएकी छन् । उनी अभिनित पहिलो फिल्म ‘रानी महल’ विवादका कारण छायांकन भैरहेकै समयमा रोकियो ।

शृंखला खतिवडा

‘ब्युटी विथ ब्रेन’ का नामले चिनिने शृंखला खतिवडा हाल हिडन ट्रेजर संगको एक बर्षे कन्ट्रयाक्ट अन्तर्गत रहेर काम गरिरहेकी छन्  । आज हुने ग्राण्ड फिनालेमा नयाँ मिस नेपाललाई ताज पहिर्याए संगै उनी पुर्व मिस नेपाल बन्ने छिन् ।

२०७६ वैशाख २६ गते १४:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *