विष्णु माझीको गीतमा दिलिप र सुरक्षा (भिडियो)

बिष्णु माझि र पिताम्बर जीसीको आवाज रहेको गीतमा कलाकार सुरक्षा पन्त र दिलिप रायमाझीको अभिनय रहेको छ । ‘छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द संगीत रहेको छ भने आशिस अविरलले संगीत संयोजन गरेका छन् । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन् । भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन्।