असारमा ‘मिष्टर हिमालय नेपाल’ ग्राण्ड फिनाले

पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर हिमालय नेपाल २०१९’  आयोजना हुने भएको छ । आयोजक फेसन सिटीले बुधबार एक बिज्ञप्ती जारी गर्दै  प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । देशभरका जुनै स्थानमा पुरुषहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा १८ देखि ३२ बर्षसम्म उमेर हद तोकिएको छ ।

नेपाल मोडलिङ संघको सपोट रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा होटल अन्नपुर्णमा आगामी २८ असारमा आयोजना हुनेछ । शिर्ष सहित प्रतियोगितामा करिब आधा दर्जन बढि क्याटागोरीमा बिजेता छानिनेछ । शिर्ष बिजेताले फिल्म, म्युजिक भिडियोमा अभिनयको अवसरका साथै बिभिन्न गिफ्ट पुरस्कारको रुपमा जित्न सक्नेछन् ।

प्रतियोगिताको पहिलो अडिसन जेठको दोस्रो साता हुनेछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका प्रशिक्षण सहित अन्तिमस्पर्धामा उतारिने छ ।

महिलाको तुलनामा पुरुषहरुको सौदर्य प्रतियोगिता निकै न्युन हुने गरेकोले ‘मिष्टर हिमालय नेपाल’ आयोजना गर्नु परेको नेपाल फेसन सिटीकी प्रवन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् । प्रतियोगितामा सहभागीताका लागि लागि नेपाल फेसन सिटीको वेभसाइट तथा कुपन्डोलमा रहेका कार्यलयबाट आवेदन भर्न सकिनेछ ।