गर्मीमा अनुहारको छालाको स्याहार : घरेलु उपाय

गर्मि महिना सुरु भएसंगै अनुहारमा बिभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्दछन् । गर्मी तथा घामले गर्दा अनुहारमा पसिना आउने, छाला कालो हुने जस्ता समस्या भोग्न पर्ने हुन्छ । त्यसैकारण गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ जसका लागि अपनाउनुपर्ने घरेलु उपायहरुको चर्चा आज हामी गर्दै छौ ।

काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर छालामा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा चमकआउँछ ।

पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै अनुहारमा भएको दागहरु मेटाउन सहयोग गर्छ ।

त्यसैगरी गोलभेडा, दही र कागतिको रसको फेसप्याक बनाई अनुहारमा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले छालामा पोषण प्राप्त हुन्छ र अनुहार नरम र चम्किलो देखिन्छ ।

चन्दन, नरिवलको पानी, बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले अनुहारमा भएको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र छाला सफा, चम्किलो र गोरो देखिन्छ ।