‘मिस नेपाल २०१९’ उपाधि अनुष्का श्रेष्ठको पोल्टोमा

मिस नेपाल २०१९को नतिजा सार्वजनिक भएको छ । यस पटकको मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ भएकी छन् । २५ प्रतिष्पर्धीलाइ पछी पार्दै उनले यस बर्षको मिस नेपाल उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मिरा कक्षपति र मिस नेपाल सुपरनेसनल रोज लामा बनेकी छन् ।

मुख्य उपाथिका साथ विभिन्न सब टाइटल अन्तर्गत अवार्ड प्रदान गरिएको थियो । सबटाइटल अन्तर्गत न्यान्सी बोगटीले बेस्ट  फ्रेन्डशिप अवार्ड प्राप्त गरिन् । मिस ब्युटिफुल अवार्ड मिरा कक्षपतिले हात पारिन् । त्यस्तै मिस ग्ल्यामर अवार्ड तथा मिस फोटोजेनिक  रोज लामा, मिस इन्टिलेक्चुअल तथा मिस फेसिनो अनुष्का श्रेष्ठ, बेस्ट नेचुरल स्किन जेनी महर्जन, मिस कन्फिडेन्ट निशा पाठक, पपुलर चोइस रिया बस्नेत, मिस ट्यालेन्ट प्रदिप्ता अधिकारी बन्न सफल भए ।

हिडन ट्रेजरको आयोजनामा भएको मिस नेपाल २०१९, मिस नेपाल सिरिजको २५ औ प्रतियोगिता रहेको थियो । १४, ७ हुदै कन्टेस्टेन्टमा रहेका सर्ट लिस्टेड सहभागीलाइ बिजेताले पछी पारेकी थिइन् । कार्यक्रम किर्तिपुरमा भएको थियो भने कार्यक्रम संचालन संजय गुप्ताले गरेका थिए ।