घोडसवारी सिक्दै साम्राज्ञी (फोटो सहित)

फिल्म रातो टिका निधारमा का लागि फिल्मकी मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले घोडसवारी सम्बन्धि तालिम लिइरहेकी छन् । सामाजिक संजालमा तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्,’नयाँ काम गर्न कहिल्यै नडराउ’ ।

अशोक शर्माको निर्माण तथा निर्देशन रहने फिल्म ‘रातो टिका निधारमा’ मा साम्राज्ञीसंगै नीता ढुंगाना, खुस्बु खड्का पनि अनुबन्धित भएका छन् । अशोक शर्माकै निर्माण तथा निर्देशन रहेको यस बर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’को रिलिजसँगै निर्माण यूनिटले आगामी वर्ष ०७६ को दशैँमा रिलिज गर्ने घोषणा गरेको ‘रातो टिका निधारमा’मा अन्य कलाकार नीता ढुंगाना, रविन्द्र झा फाइनल भएका छन् । यहि फिल्मबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी गरेका छन् ।

तस्विर : सामाजिक संजाल