नीताले आमेषलाई बेहुला होइन बहुला बनाइन् !

अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारीको प्रेम फूलै फूलको मौसम फूल्न नसकेपछि झरेको थियो । आमेष र नीता प्रेममा छैनन् । फिल्म नचलेपछि प्रेम पनि चलेन ।

तर, नीता र आमेषले लभ टुटेको लामो समय भएपछि म्यूजिक भिडियोमा काम गरेका छन् । म्युजिक भिडियोमा काम गर्दा आमेषले नीताप्रति गीतबाटै जवाफ दिन छाडेनन् ।

नीतासँग उनले बनाएको टिकटकमा बेहुला बनाउँछु भन्थी बहुला बनाएर गै भन्ने गीत छ ।

यो गीतमा आमेषले टिकटक बनाउँनुको कुरा के भन्दा, नीताले उनलाई बेहुला बनाउने वाचा गरेकी थिइन्, तर बहुला बनाइन् ।

नीतासँग म्युजिक भिडियो खेल्ने कुरा त ठिकै थियो । तर, गीतमै यती धेरै निरिह किन भएका होलान् आमेष ?

उनले बनाएको अर्को टिकटकमा प्रेमलाई खेल नसंझन पनि उनले नीतालाई संझाएका छन् । नीताले आमेषको गीतको कुरा वुझेपनि अभिनय गरेकी छिन् ।

म्युजिक भिडियोमा यी दुबै आउँदैछन् । तर, आमेषले भने नीतासँग आशक्ती धेरै नै देखाए कि ? कि नीताले प्रेममा पागल नै बनाएकी हुन् ?