मिलन चाम्सले लिए नेपाली फिल्मबाट सन्यास

निर्माता तथा निर्देशक मिलन चाम्सले नेपाली फिल्म जगतबाट सन्यास लिने निर्णय गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन् ‘विरविक्रम २ मेरो अन्तिम चलचित्र’ ।

फिल्म पश्चाताप मार्फत फिम निर्देशनमा हात हालेका उनले निर्देशन गरेका अन्य फिल्म हरु हँसिया, बीर बिक्रम, ब्लाइन्ड रक्स, ह्याप्पी डे, बबी बिरबिक्रम २ रहेका छन् ।  जस मध्ये बीरबिक्रम, ब्लाइन्ड रक्स, बोबी, बिरबिक्रम २मा उनी निर्माताको रुपमा समेत रहेका छन् ।  उनले अनमोल केसीलाई लिएर फिल्म ब्याचलर बन्टि निर्माण घोषणा गरेका थिए ।  तर पछिल्लो समय उक्त फिल्म साइन गरेको बताएका अनमोलकेसीले मुख मोडेका छन् । साथै बोबी २ समेत बनाउने चाम्सको प्रतिज्ञा थियो । उनी चाम्स इन्टरटेनमेन्ट प्रालीका संचालक समेत हुन् । फिल्म बीरबिक्रम २ यहि जेठ ३ बाट प्रदर्शनमा आउदैछ ।  फिल्म प्रदर्शनको मुखमा उनको यो निर्णयले नेपाली फिल्मी वृत्त आश्चर्य चकित छ।