संचारकर्मी तथा संगीतकर्मी सुरज श्रेष्ठको निधन

चर्चित संचारकर्मी, संगीतकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको हो ।  श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो ।

उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए । चार वर्ष अगाडिदेखि बिरामी उनले थुप्रै थुप्रै म्युजिक भिडियोसमेत निर्देशन गरेका छन्  ।  उनको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।