निश्चललाई देखिने लोभ

निर्देसक निश्चल बस्नेत हाल ‘निर्देशन’ पर्दा पछाडीको काममा भन्दा देखिने काम गर्न रुचाउन थालेका छन्  । धेरै अपेक्षा गरिएका निर्देशक अहिले फिल्ममा हिरो बन्न, आइटम ब्वाईको छबीमा तथा केमियो रोल समेत इन्जोय गर्न थालेका छन्  ।

यती सम्म त ठिकै थियो सामाजिक संजालमा खासै देखिन नरुचाउने उनी अब देखिनकै लागि  समेत यसको प्रायोग गर्न थालेका छन् । फिल्म ‘घामट सेरे’ को छायांकनका लागि राजधानी बाहिर रहेका उनी सुटिंग सेटमा भएका साना साना बिषय बहिर ल्याउन हतारिएको देख्न थालिएको छ ।

सर्च गर्दा पहिला पहिला तस्विर समेत पाउन मुस्किल उनको फिल्मको बिषयमा थाह हुन थालेको छ त्यो पनि प्रदर्शन अगावै । यो सब हेर्दा उनी सस्तिएको अनुभव हुन थालेको छ । निश्चलको देखिने मोह बढ्दै गएमा दर्शकले उनलाई देख्दा मुन्टो बटार्ने दिन नआओस, शुभकामना !