सर्यो ‘साईनो’ अब साउन २४मा

अभिनेत्री भुवन चन्दले  निर्माण गरेको फिल्म ‘साइनो’ प्रदर्शन मिती सरेको छ । फिल्म जेष्ठ १० बाट प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहे पनि अब फिल्म साउन २४ बाट मात्रै हलमा आउने भएको हो । टेक्निकल काम नसकिने भएपछी फिल्म प्रदर्शन मिती पछी सारीएको हो ।

फिल्म्मा नायिका नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदिप श्रेष्ठ, श्याम राई लगायतका कलाकारको अभिनय छ । फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन ।  फिल्ममा अभिमन्यु निरवीको लेखन र रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ ।