नितिन चन्दको ‘बाजी’ट्रेलर सार्वजनिक

नितिन चन्दले निर्देशन गरेको वेब सिरिज ‘बाजी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रोमान्टिक थ्रिलर छ । ‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली बेव सिरिज रहेको बताईएको छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।

‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । वियोन्ड र निर्जलाले ‘पर्खाई’ नामक लघु फिल्ममा अभिनय गरिसकेका छन् ।  सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ ।