फिल्म छाड्ने कुरा चाम्सको आवेग ?

वीर विक्रम २ फिल्मको पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले आफ्नो नराम्रो लेख्नेलाई, नराम्रो सोच्नेलाई श्राप दिए । उनले, आफ्नो श्राप लागेको पनि छ भनेर आफुलाई चोख्याए ।

चाम्सको आवेग कहिले कहिले देखिन्छ । चाम्सले फेसबुकमा वीर विक्रम २ आफ्नो अन्तिम फिल्म हो भनेर लेखे । चाम्सले वीर विक्रम २ पछि फिल्म निर्देशन नगर्ने खालको बयान दिए । चाम्सको यो बयानले उनका शुभचिन्तकलाई निराश बनायो ।

उनले किन फिल्म नै छाड्ने कुरा गरे । किन, उनलाई फिल्म क्षेत्रदेखि दिक्क लागेको हो ।

चाम्सले पहिले पनि २–३ बर्षपछि फिल्म निर्देशन नगर्ने र आफ्नै काममा लाग्ने बताएका पनि थिए । चाम्सले फिल्म वीर विक्रम २ लाई करिअरको अन्तिम फिल्म बताएको छिन मै हटाएका थिए ।

को देखि रिस उठेर आयो यस्तो कुरा ? कसले  उनको चित्त दुखाएको थियो ।

चाम्स जस्ता निर्देशकले मनको पीडा सिधै भने भैहाल्छ । आफूलाई लागेको दिकदारी भन्दा पनि हुन्छ । यस्तो आवेगको बोली चाम्सका लागि सुहाउँदैन कि ।