बसन्त सापकोटाको ‘साईला माया नलाउने भो’ (भिडियो)

बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको गीत ‘साईला माया नलाम भो’ सार्वजनिक भएको छ । गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । शान थापाको निर्देशन रहेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।