म्युजिक नेपालका म्यानेजर पक्राउ

प्रतिलिपि अधिकार सम्बन्धि उजुरीको आधारमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

फिल्म मखमलीको बिषयमा धनमाया सिलवालको उजुरीको आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।