स्वेताका व्यक्तित्व झल्काउने २ सुत्र

अभिनेत्री स्वेता खड्काले हेल्लो जिन्दगी फिल्म छाड्नुपर्यो । सुटिङका क्रममा एक्कासी बिरामी भएपछि स्वेता भारतमा पुगेर अप्रेशन गरेर नेपाल आइन् । यसैले, हेल्लो जिन्दगीमा दर्शकले स्वेतालाई हेर्न पाउने छैनन् ।

स्वेता फिल्म नखेलेपनि इन्स्टामा जीवनमा दर्शनको कुरा गर्छिन् । स्वेताका कुराबाट प्रभावित हुन पनि सकिन्छ ।

स्वेताले मानिसको व्यक्तित्व झल्काउने २ मात्र सुत्र भनेकी छिन् । २ सुत्रले नै मानिसको व्यक्तित्व जस्तो समयमा पनि झल्काउँछ भनेकी छिन् स्वेताले ।

स्वेताले दिएको टिप्स अनुसार, मानिसँग कुनै पनि चिज नहुँदा उसले त्यसलाई गर्ने व्यवस्थापन र सबै कुरा हुँदा उसले देखाउने व्यवहार नै व्यक्तित्व झल्काउने २ सुत्र भनेर भनिन् ।

स्वेता खड्काको यो सुत्रमा समर्थन गर्ने दर्शक को को हुनुहुन्छ ? स्वेताले जीवनबाट अनेकौ कुरा सिकेकी छिन् । यही भएर पनि हुनपर्छ, उनी यस्तो सुत्र बारम्बार दिने गर्छिन् । स्वेताले दिएको २ सुत्र उनको जीवनमा लागू कती भएको छ, दर्शक प्रतिक्रियाको आशा ।