प्रदर्शन मितिसंगै आप्पाको ‘अमला’ सार्वजनिक

Mero Film

दयाहाङ राई स्टारर फिल्म आप्पाको नयाँ ओएसटी गीत ‘अमला’ सार्वजनिक भएको छ । गीत रिलिजसँगै फिल्मको नयाँ प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते रिलिज हुने भनिएको आप्पा अब असार १३ गतेबाट प्रदर्शनमा आउने छ । सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र फिल्म आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।


Leave a Reply

Your email address will not be published.