फिल्म ‘१२ सत्ताईस’ निर्माण घोषणा

Mero Film

ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा फिल्म ‘१२ सत्ताईस’ निर्माण हुने भएको छ । फिल्म राजधानीमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो । जौन योन्जनको लेखन तथा निर्देशन रहेको फिल्म रेणु राणा, दीपक खतिवडा र रुपक थापाको संयुक्त लगानीमा निर्माण हुने छ ।‘१२ सत्ताईस’ योन्जनको पहिलो फिल्म हो ।फिल्ममा समिर श्रेष्ठ, अविषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको अभिनय रहने छ ।

फिल्म बैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारी रहेको छ । यही टिमले यसअघि हेमराज बिसीको निर्देशनमा फिल्म ‘द ब्रेकअप’ निर्माण गरेको थियो । चलचित्रमा दीपक आजेको संगीत, निर्देशक जौन योन्जनको कथा, पटकथा तथा संवाद, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने फिल्मका प्रोडक्सन म्यानेजर धर्मेन्द धोज मल्ल हुन् ।


Leave a Reply

Your email address will not be published.