‘कबड्डी ३’को रिलिज डेट, अरुलाई चेतावनी हो ?

निर्देशक रामबाबु गुरुङ, उनको फिल्म कबड्डी कबड्डी कबड्डीको टिम फिल्म जहिले लगाएपनि चल्छ भन्नेमा ढुक्क भएको छ ।

कबड्डी दर्शकले मन पराएको फिल्म हो । यसैले तेश्रो पटक यही नाम तिन पटक लेखेर बनाउँदा पनि दर्शकले पुरानै मायालाई दिन्छन् भन्ने छ ।

कबड्डी कबड्डी कबड्डी फिल्मको कार्यक्रममा यसको प्रदर्शन मिति जुन तरिकाले बताइयो, त्यो अरु फिल्मलाई चेतावनी नै हो ।

भदौबाट नै हो धेरै बजेटका फिल्म रिलिज हुने । भदौ, असोज, कात्तिकमा फिल्मको प्रदर्शनको संख्या धेरै छ ।

तर, रामबाबु गुरुङले बनाउने यो फिल्मको प्रदर्शन मिति भदौमा, असोजमा, कात्तिकमा, मंसिरमा भनिएन । बरु भनियो कि, हामी भदौदेखि कात्तिकसम्म जहिले पनि आउन सक्छौ । यो समयमा आउन लागेको फिल्महरुका निर्माता तर्सिए ।

फिल्मको प्रदर्शन मिति यसरी तोकिदैन । किनकी, अरु फिल्मले रिलिज हुने मिति नतोकेपछि कुनै निर्माताले सो डेटमा फिल्म हाल्छन् । तर, म जुनसुकै बेला पनि आउन सक्छु भन्नु त तर्कयोग्य भएन होला ।

दिन तोक्न नसकेपनि महिना तोक्न सकिन्छ । तर, भदौ, असोज वा कात्तिक जहिले पनि आउन सक्छौ भन्नुको अर्थ अरु फिल्मका निर्माता तर्साउनु हो । यस्तो सोच, वितरकको हो कि निर्माताको ?