सुशिललाई देखाउने नै रहर

सुशिल श्रेष्ठको उदय नेपाली फिल्ममा होस्टेल रिटन्र्सबाट भयो । होस्टेल रिटन्र्समा अभिनयको क्रेडिट अभिनेता नाजिर हुसेनले लगे । अभिनेता सुशिल श्रेष्ठको भागमा सिक्स प्याक देखाएको शरीर पर्यो । राजधानीमा त्यो बेलामा त पोष्टर जता टासेपनि पाइने नै भयो । सुशिलको सिक्स प्याकले नेपाली दर्शकलाई केही नी दिएन ।

सुशिलको अर्को फिल्म कारखानामा पनि उनको शरीर देखाइयो । सुशिलले बडी बनाएर शो गरे । फिल्म पनि चलेन, सुशिल पनि चलेनन् ।

सुशिलको अर्को फिल्म लभ डायरीजको पोष्टर आएको छ । पोष्टरमा हेर्दा पनि सुशिलले शरीर नै देखाएका छन् । उनी, आफ्नो बडीवाला शरीर देखाएरै दर्शकलाई आकर्षित गर्न खोज्दैछन् ।

सुशिलले जसरी शरीर देखाउँछन्, त्यो अनुसार उनको अभिनय सुधार नभएको भनेर आलोचना हुन्छ । सुशिलले यतातिर ध्यान नदिएका हुन् कि शरीर देखाएर चलिन्छ भन्ने सोचिरहेका छन् ।

सँगै आएका साथी कता कता, आफू यतैको यता भैएला । शरीर राम्रो छ सुशिलको  । तर, अभिनय राम्रो नभई त चलिदैन ।