‘लभ डायरीज’ पोष्टर र प्रदर्शन मिति सार्वजनिक

फिल्म ‘लभ डायरीज’को फस्टलुक पोष्टरसँगै निर्माण टिमले प्रदर्शन मिति तय गरेको छ । पोष्टरमा नव–नायिका रुबिना थापा र नायक सुशिल श्रेष्ठ देखिएका छन् । सौरभ चौधरीले निर्देशन गरेको फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउने छ ।

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको समेत अभिनय रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको फिल्ममा सरोज तुलाधर समेत निर्माता हुन् । साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा उनकै सम्पादन छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।