‘कबड्डी कबड्डी कबड्डी’ निर्माण घोषणा

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ बन्ने भएको छ । फिल्ममा दयाहांग राई, उपासना सिंह ठकुरी र कर्मा मुख्य भूमिकामा रहने छन् । साथै अन्य कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको अभिनय रहने छ ।

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुने फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । जेठ ५ बाट छायांकनमा जाने फिल्म रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।