शाहिद कपुरको ‘कविर सिंह’ ट्रेलर

शाहिद कपुर अभिनित फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कपुर रफ टफ र रिसाहा भूमिकामा देखिएका छन् । २१ जुनबाट प्रदर्शनमा आउने फिल्ममा शहिद मुख्य भूमिकामा छन् भने उनको अपोजिटमा कियारा अद्भानी छिन् । फिल्म सन्दीप रेडी भंगाको निर्देशनमा तयार भएको हो। फिल्मका निर्माता भुषण कुमार, मुराद खेतानी, कृष्ण कुमार र अस्विनी भर्दे रहेका छन् ।