‘दे दे प्यार दे’ को गीतमा मिका सिंह र भानुशालीको आवाज

फिल्म ‘दे दे प्यार दे’ को गीत सार्वजनिक भएको छ । ‘मुखडा भेख के’ बोलको गीतमा मिका सिंह र देवानी भानुशालीको आवाज रहेको छ । गीतमा कुमारको शब्द, मंज मुसिकको संगीत रहेको छ । गीतमा अजय देवगन, तब्बु र राकुल प्रित फिचर्ड छन्।

अकिव अलिको निर्देशन रहेको फिल्ममा अजय देवगण, तबु, दक्षिण भारतीय अभिनेत्री राकुल प्रीत सिंह लगायतको अभिनय रहेको छ । तरुण जेन र लभ रन्जनले लेखेको फिल्म भुषण कुमार, क्रिषण कुमार, लभ रंजन र अंकुर गर्गले निर्माण गरेका हुन् । फिल्ममा कम उमेरकी युवती संगको अजयको सम्बन्ध देखाइएको छ । फिल्म मे १७मा प्रदर्शनमा आउने छ ।