रोजिनलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मिष्टर भर्सटालिटी अफ द इयर अवार्डबाट सम्मानित भएका छन् ।
फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई विभिन्न क्षेत्रमा उनको निरन्तर सक्रियता र उपलब्धीको कदर गर्दै मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कार्यक्रमलाई ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा आयोजना गरेको हो । यस्तै विधामा यस अघि अप्रिल ७ २०१८मा मलेसियाको क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् नामक होटलमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट रोजिन सम्मानीत भएका थिए ।
नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत रोजिन बाहेक विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिएको थियो । जसमा इभेन्ट बेटर ग्यालेक्सीका सीईओ धीरज तण्डुकार, अभिनेता विपिन कार्की, युवा व्यवसायी अलाइभ ग्लाइडर, संचार व्यवसायी सुमित प्रताप जंग बहादुर राणा, मोटिभेसनल स्पीकार सौनक भट्ट, गायिका त्रिशाला गुरुङ, मोफसलका फेसन कोरियोग्राफर रेशम न्यौपाने आदि रहेका छन् ।
झन्डै दशकको समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् । नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया