ड्यास्परको यादमा बबसंग रक्षा (फोटो फिचर)

रक्षा श्रेष्ठले म्युजिक भिडियो सुटिङको क्रममा बबलाई देखेपछि आफ्नो कुकुर ड्यास्परलाई मिस गरेकी छन् । उनले १३ महिना अगाडी घरमा ल्याएको १५ दिनको कुकुर ड्यास्परको आजभोली एकदम माया लाग्ने बताएकी छन् । उनी घुम्न जादा ड्यास्परलाईसंगै लिएर जाने गर्छिन् । तर सुटिंगको क्रममा भने घरमा नै छोड्ने गर्छिन् । पहिला कुकुर मन नपराउने उनी अहिले ड्यास्परलाई परिवारको सदस्य नै मान्ने गर्छिन् ।