कसैले भनिदियोस्, साम्राज्ञीलाई जे गरेपनि सुहाउँछ

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्ममा कस्तो काम गरेको छु भन्ने चिन्ता हुन्छ । उनलाई यो चिन्ताले सताउन पनि पर्छ । कलाकारलाई यो चिन्ताले सताएन भने काम नहोला ।

अभिनेत्री साम्राज्ञीलाई यो चिन्ताले मात्र सताउँदैन । उनलाई आफूले लगाउने कपडा, गर्ने मेकअपले सुहायो सुहाएन भन्ने चिन्ताले पनि सताउँछ ।

साम्राज्ञीले दर्शकलाई म मेकअप गरु कि नगरुँ भनेर सोधिन् । यो बिषय पहिलेको हो । साम्राज्ञीलाई मेकअप गर्दा र मेकअप नगर्दा कस्तो देखिएँ भन्ने चिन्ता थियो । छुट्याउने, जिम्मा फ्यानलाई नै थियो ।

यसपटक पनि उनलाई यस्तै अर्को चिन्ताले सतायो । साम्राज्ञीले लिपस्टिक लगाइन् । उनले लिपस्टिक लगाएको राम्रो कि नलगाएको भनेर सोध्न पुगिन् ।

ऐना हेरेर बस्दा पनि साम्राज्ञीले यस्ता कुरा छुट्याउन समस्या छ । साम्राज्ञी नेपाली फिल्ममा अहिले १ नम्बरमा छिन् । १ नम्बरकी अभिनेत्रीलाई मेकअप, लिपस्टिकको चिन्ता हुनु ठिक होला कि नहोला ।

तर, कसैले त भनिदियोस्, साम्राज्ञीलाई जे गर्दा पनि सुहाउँछ । यसपछि भने साम्राज्ञीले यो कुरा सोध्न छाड्छिन् होला कि ?