रामकृष्ण ढकालको ‘आमा’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको ‘आमा’ मा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,सुप्रिया कटुवाल, नरेन र बसुको अभिनय रहेको छ ।