मिलनलाई बर्षाको चिन्ता

विर विक्रम २ बर्षा सिवाकोटीले आश गरेको फिल्म हो । फिल्मका लागि बर्षाले दिनरात भनिनन् । बर्षा यो फिल्म चल्दा आफ्नो फिल्मको उर्चाइ बढ्छ भन्ने ठानेकी छिन् ।

बर्षा सिवाकोटीको महत्वकांक्षी फिल्म भएकाले उनी फिल्मको प्रिमियरमा पनि २ घन्टा मेकअप गरेर आइन् । उनले लगाएको लेहेंगाले धेरै ठाउँ ओगटेको थियो । हिड्नका लागि झनै गाह्रो । हिड्दा हिड्दा लडिएला भन्ने पिर बर्षालाई हुनपर्छ ।

२ घन्टा मेकअप गरेर आएको अनुहारको मेकअप विग्रिएला भन्ने पिर पनि हुनुपर्छ । बर्षा पर्पल कार्पेट प्रिमियरमा हिड्दा लड्न खोजिन् ।

उनलाई निर्देशक मिलन चाम्सले हिड्दा गाह्रो नहोस् भनेर साथ दिइरहेका थिए । बर्षाले यो कपडा लगाउन र हिड्न गाह्रो रहेछ भनेर भनिन् । मिलनले चिन्ता व्यक्त गर्दै राम्रोसँग ध्यान दिएर हिड भनेर सल्लाह दिए ।

बर्षा कार्पेटमा हिड्दा मिलनले पछिपछि तस्बिर र भिडियो खिचिरहेका थिए । मिलनलाई बर्षाको चिन्ता रहेछ भन्ने वुझ्न सकिन्छ । फिल्ममा काम गरेपछि आफ्नी अभिनेत्रीको चिन्ता निर्देशकले लिन पर्छ ।

बर्षाको केयरिङ मिलनले गर्दा, निर्देशक त बर्षाले पाएकी हुन् भनेर भन्दा सही नै हुन्छ नी । बिर विक्रम २ शुक्रबारबाट रिलिज हुँदैछ । मिलन र बर्षा दुबै जनालाई फिल्ममा भरपुर आशा छ ।