पल ढिलो पुग्दा

- मेराेफिल्म

आज रिलिज भएको छ फिल्म विर विक्रम २ । फिल्म विर विक्रम २ मा अभिनेता पल शाह मुख्य भूमिकामा छन् ।

कुमारी हलमा गरिएको ब्यान्ड बाजासहितको प्रिमियरमा पलको पखाई नै बढी भएको थियो । पल शाह फिल्मको प्रिमियरमा सहभागी हुन ७ बजेतिर मात्र पुगेका थिए ।

पल ढिलो आउँदा अरु कलाकारको प्रवेश पनि ढिलो नै भएको थियो । पल शाह ढिलो आएपछि उनले अचेल पत्रकार कुराउन थालेको चर्चा भएको थियो ।

अभिनेता अनमोल केसीले पत्रकारलाई यसरी कुराउँछन् । अनमोलपछि पलले पनि यसरी नै फिल्म हेर्न गएकाहरुलाई कुराए ।

पलले कुराएपछि उनलाई अनमोलपछिको स्टार बन्न खोजेका हुन् क्या हो भन्दै हल्ला गरेका थिए । पल कोर्ट पाइन्टमा पुगेका थिए । उनले अब फिल्मको सम्पूर्ण जिम्मा संचारकर्मी र दर्शकको हातमा गएको छ भन्न पनि भ्याए ।

पल विराटनगरबाट आउनु परेकाले ढिलो आएको भन्ने कुरा सुनियो । तर, पल शाहको पर्खाइले उनको स्टारडम बढेछ भनेर धेरैको मुखबाट सुनियो पनि ।

२०७६ जेठ ३ गते ८:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *