‘घर’ फस्टलुक पोष्टरमा सुरक्षा

डीएस डिजिटलको ब्यानरमा बनेको फिल्म ‘घर’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा सुरक्षा पन्तको डरलाग्दो रुपलाई देखाइएको छ ।

हरर कथामा निर्माण भएको फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री द्वय सुरक्षा पन्त र वेनिशा हमालसंगै अस्मिता खनालको मुख्य भूमिका छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन् भने सह-निर्मातामा सन्तोष अधिकारी हुन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । निरज कँडेलको छायांकन रहेको फिल्म २० दिनमा प्याकअप गरिएको थियो । फिल्म साउन ३ बाट प्रदर्शनमा आउदै छ ।