‘सरौतो’ प्रदर्शन मिति संगै फस्टलुक पोष्टर सार्वजनिक

फिल्म ‘सरौतो’ असोज ३ बाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति संगै निर्माण टिमले फस्टलुक पोस्टर समेत सार्वजनिक गरेको छ ।

विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ हुन् । फिल्ममा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मैषा पुन मगर , प्रतिक दुलाल , मनोज तामाङ लगायतको अभिनय छ । फिल्ममा  राघव कृष्ण गौतमको लेखन,  उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको द्वन्द छ । फिल्म छायाँकार हरि हुमागाँइले निर्देशन गरेका हुन् ।