बिक्रम र प्रियंकाको ‘कस्तो दुरी’ सार्वजनिक

बिक्रम बरालको गीत ‘कस्तो दुरी’ सार्वजनिक भएको छ । नारायण गौतमका शब्द शृजना समावेश गीतमा संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ । गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा मोडल प्रियंका खड्काको अभिनय रहेको छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । माहाराज थापाको संगीत संयोजन रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् ।