‘सुनसान रातमा’ प्रियंकाको यादमा निराजन (भिडियो)

गायक प्रनिम राईले गीत ‘सुनसान रातमा’ सार्वजनिक गरेका छन् । सेन्टिमेन्टल पप भर्सनको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन् । भिडियोमा प्रियंका कार्की, निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।