रेबिका हट बनेर पुगेको अर्थ भएन र ?

वुधबार प्रिमियर गरिएको ‘विर विक्रम २’ फिल्म शुक्रबारदेखि रिलिज भएको छ । विर विक्रमको प्रिमियरमा पुग्ने अभिनेत्रीको सूचीमा अभिनेत्री रेबिका गुरुङ पनि छिन् । रेबिका गुरुङ लिलिबिली फिल्म गर्न नपाए पनि मारुनी गरेर खुशी छिन् । मारुनी भदौको १३ गते रिलिज हुँदैछ । निर्देशक मिलन चाम्सको निमन्त्रणामा रेबिका कुमारी हलमा फिल्म हेर्न गइन् ।

रेबिकाले कपडा तातो लगाइन् । गर्मी महिना भएर पनि हुनपर्छ, रेबिका खुकुलो कपडामा गएकी थिइन् ।

रेबिकाले विर विक्रम २ राम्रो लागेको प्रतिक्रिया पनि दिएकी थिइन् । रेबिका गुरुङको पहिरन राम्रो थियो ।

तर, उनले अभिनेत्री बर्षा सिवाकोटी मुख्य अभिनेत्री भएको फिल्ममा लगाएको कपडाको भ्यालु भएन र ? उनको त कतै नै कपडाको चर्चा भएन त ?

संचारमाध्यममा रेबिका नोटिस भइनन् । उनले अब मारुनी रिलिजपछि नै आफूलाई नोटिस गराउलिन् नि त ।