विनोद र जुना फिचर्ड ‘रान्चडी’

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण बिक र राजेन्द्र भट्टको आवाज रहेको छ भने शब्द तथा संगीत भट्टको र संगीत संयोजन बिकको रहेको छ । बिनोद न्यौपाने र जुना सुन्दास फिचर्ड भिडियोमा शृंगार  बिमला तामांगले गरेकी हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीत छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् भने निर्देशन सान थापाको रहेको छ ।