शिवको ‘एक चुम्बन’ मा स्वस्तिमा र सुजन

गायक शिव परियारको ‘एक चुम्बन’ गीत सार्वजनिक भएको छ । उक्त गीत शिव परियारको १२ औ सांगीतिक संग्रह ‘शिवालय भाग २’ मा समाबेश गरिएको छ । श्वेता मैनालीको शब्द रहेको उक्त गीतमा गायक शिव परियारको नै संगीत रहेको छ भने बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ । स्वस्तिमा खड्का र डान्स प्लसका उप बिजेता सुजन मार्पा तामाङको अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् ।  सुजन मार्पा तामाङको नै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास ज्ञवालीले संपादन गरेका हुन् ।